बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

टोकियो – जापान सरकारले ओसाका, क्योतो र ह्योगो प्रिफेक्चरमा जारी आपतकाल हटाउने तयारी गरेको छ । बिहिबार स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुसँग छलफल गरि प्रधानमन्त्री शिन्जो आबेलॆ अन्तिम निर्णय लिने बताइएको छ । ति प्रिफेक्चरहरुमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दिनहुँ कम हुदै गएकाले आपतकाल हटाउने तयारी गरिएको हो ।

प्रधानमन्त्री आबेले गत हप्ता ४७ प्रिफेक्चर मध्ये ३९ प्रिफेक्चरमा आपतकाल हटाएका थिए । हाल ८ प्रिफेक्चरहरु टोकियो, साइतामा, चिबा, खानागावा, ओसाका, क्योतो, ह्योगो र होक्काइदोमा आपतकाल कायमै छ ।

कुनैपनि प्रिफेक्चरमा आपतकाल हटाउनका लागि सो प्रिफेक्चरमा नयाँ संक्रमित ब्यक्तिहरुको संख्या, उपलब्ध स्वास्थ्य सेवाको अवस्था र पिसिआर परिक्षणका लागि आवश्यक श्रोतहरु पर्याप्त भए नभएको निक्र्यौल गरेर निर्णय लिइन्छ ।

तपाईको प्रतिक्रिया