बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

काठमाडौँ – भारतको केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष बर्धन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को ३४ सदस्यीय कार्यकारी बोर्डको अध्यक्ष हुने भएका छन् । उनले २२ मेमा आफ्नो पदभार सम्हाल्ने छन् । डा. हर्ष वद्र्धनले जापानका डा. हिरोकी नाकातानीको स्थान लिने छन् ।

जापानका डा. हिरोकी नाकातानीको कार्यकाल समाप्त भएपछि डा. हर्षवर्धन डब्ल्यूएचआको ३५औं सदस्या एवं बोर्डको अध्यक्ष हुने छन् ।

१९४ देशको विश्व स्वास्थ्य सम्मेलनमा मंगलबार भारतको तर्फबाट राखिएको हर्ष बर्धनको नाम निर्विरोध चयन गरिएको थियो । यसअघि डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया समूहले तीन वर्षका लागि भारतलाई बोर्ड सदस्यमा समावेश गरेको थियो ।

भारतीय अधिकारीहरुका अनुसार २२ मेमा स्वास्थ्य संगठनको ३४ सदस्यीय कार्यकारी बोर्डको बैठक छ । सो बैठक डा. हर्ष बर्धनको अध्यक्षतामा बस्ने छ । यस्तो बैठक वर्षमा दुई पटक जनवरी र मे महिनामा बस्छ ।

बोर्ड अध्यक्षको पद देशहरुको अलग अलग समूहमा एक–एक वर्षको दरले दिने गरिन्छ । अब यो पद भारतलाई दिने भनेर अघिल्लो वर्ष नै तय भएको थियो ।

तपाईको प्रतिक्रिया