बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

टोकियो – जापानको साइतामा प्रिफेक्चरमा बसोबास गर्दै आएका एक नेपाली युवाको मस्तिष्कघातका कारण निधन भएको छ । नेपाल घर पर्स्र्याङ, पोखरा भई साइतामाको सिकीमा बस्दै आएका ३४ बर्षिय सुविन सुवेदीको मंगलबार निधन भएको हो । उनी मंगलबार विहान सुतेकै अवस्थामा मृत भेटिएका थिए ।

बिगत ४ बर्षदेखि कुक भिसामा कार्यरत उनी श्रीमतीसहित जापानमा बसोबास गर्दै आइरहेका थिए । मंगलबार साँझ प्रहरीले दिएको पोष्टमार्टम रिपोर्टमा उनको मृत्यु मस्तिष्कघातका कारण भएको बताइएको छ ।

कास्की पोखरा समाज जापानका प्रतिनिधीहरुले दिएको जानकारी अनुसार मृतकका परिवारसंगको सल्लाह अनुसार नै दाहसंस्कार जापानमा नै गरिने भएको छ ।

मृतककी श्रीमती सहित ४ बर्षकी छोरी छन् । ***

तपाईको प्रतिक्रिया