बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

टोकियो – कोरोना भाइरसको संक्रमण फैलिन नदिन जापानको सबैभन्दा उच्च चुचुरो माउन्ट फुजीमा पर्वतारोहीहरुलाई चढ्न अनुमती नदिइने भएको छ ।

माउन्ट फुजीमा चढ्न सकिने मुख्य ४ मध्ये ३ वटा बाटोहरुको व्यवस्थापन गर्दै आएको सिजुओका प्रिफेक्चरका अधिकारीहरुले सोमबार यस्तो जानकारी दिएका हुन् । साधारणतया जुलाई १० देखि सेप्टेम्बर १० सम्ममा माउन्ट फुजी चढ्नेहरुका लागि बाटो खुल्ला गरिन्थ्यो ।

चौथो बाटो पर्ने यामानासी प्रिफेक्चरले समेत सो रुट प्रयोग गरि माउन्ट फुजी चढ्न रोक लगाउने भएको छ । ३ हजार ७ सय ७६ मिटर उचाई रहेको माउन्ट फुजी चढ्नका लागि यामानासी प्रिफेक्चरतर्फको योशिदा ट्रेल चर्चित मानिन्छ । माउन्ट फुजी चढ्नेमध्ये ६० प्रतिशतले यो बाटोको प्रयोग गर्नेगरेका छन् ।

सिमित समयका लागि खुला गरिने ४ ओटै बाटोहरु एकैपटक यसरी बन्द गरिन लागेको १९६० यताकै पहिलोपटक हो ।

युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश माउन्ट फुजी गत बर्ष २ लाख ३६ हजारले चढेका थिए । ***

तपाईको प्रतिक्रिया