बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

टोकियो – जापान सरकारले कीटाणुनाशक पदार्थहरुको पुनः बिक्रीमा रोक लगाउने भएको छ । कोरोना भाइरसका कारण बन्दजस्तै भएको अर्थव्यवस्थालाई पूनः सुचारु गर्ने तयारीमा रहेको जापानले ह्याण्ड स्यानिटाइजर लगायतका किटाणुनाशक पदार्थहरुको पुनः बिक्रीमा रोक लगाउने निर्णय गरेको जापानी संचारमाध्यमहरुले जनाएका छन् ।

व्यक्तिगत तथा व्यवसायीहरुले खरिद मूल्यभन्दा महंगो मूल्य राखि यस्ता बस्तुहरुको बिक्रीवितरण गर्न पाउनेछैनन् । क्याबिनेटले आगामी शुक्रबार यो निर्णयलाई स्वीकृत गर्ने बताइएको छ ।

यसरी पुनः विक्री गरिएको पाइएमा १ बर्षसम्मको कैद र १० लाख येन जरिवाना लाग्नेछ । यसअघि मास्कको पुनः बिक्री गर्नेहरुका लागि पनि यस्तै नियम लागू गरिसकिएको छ ।***

तपाईको प्रतिक्रिया