मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024
(फोटो: BBT University)

काठमाडौँ – जापानमा कोरोनाभाइरसका कारण स्प्रिंग ग्रेजुएशन समारोह रद्ध गरिएको छ । तर यो दिन विद्यार्थीका लागि महत्वपूर्ण हुने गर्छ ।

यसको महत्वलाई मध्यनजर गर्दै टोकियोको बिजनेस ब्रेकथू्र युनिभर्सिटीले हाईटेक तरिका अपनाएको छ । यहाँ रोबोट विद्यार्थीको भेष लिएर डिग्री लिन पुगेको छ ।

यो रोबोट ग्रेजुएशन क्याप र गाउनमा यो समारोहमा समावेश भएको थियो । यसलाई विद्यार्थीलेनै आफ्नो घरमै बसेर नियन्त्रण गरिरहेका थिए । रोबोटको अनुहारमा ट्याबलेट राखिएको थियो । यसको स्क्रीनमा विद्यार्थी देखिएका थिए ।

जापानमा अहिलेसम्म ६७४८ कोरोनाको चेपटमा आइसकेका छन् र १८० को मृत्यु समेत भइसकेको छ । जापानमा कयौं स्थानमा अपातकाल लगाइएको छ । तर, लकडाउन छैन ।

मानिस काममा गइरहेका छन् । उनीहरु सार्वजनिक यातायातकै प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा यो युनिभर्सिटीले अन्य संस्थाले पनि यस किसिमकामे तरिका अपनाउन सक्ने अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया