मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

टोकियो । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार जापानमामा आइतबार दिनभरिमा ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु पुष्टि भएको छ ।

हिजो दिनभरि टोकियो १६६, ओसाका ४५, खानागावा ३१, चिबा ४४, साइतामा ४०, ह्योगो १८, फुकुओका ३०, आइची २, होक्काईदो १२, क्योउतो १२, इसिखावा ९, गिफु ६, इबाराकी ६, गुन्मा ११, फ़ुकुइ २, ओकिनावा ९, हिरोसिमा ६, कोची ६, मियागी ६, तोयामा १४, सिजुओका २, नारा २, वाकायामा १, यामागाता ५, फुकुसिमा १, यामानासी २, नागानो १, कुमामोतो २, यामागुची ४, खागावा ४ र सिमानेमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जापानको ठूला शहरहरु बिशेष गरि टोकियो र ओसाकामा दिनहुँ कोरोना भाइरसको संक्रमण बढिरहेको छ । त्यस्तै खानागावा, चिबा, साइतामा र ह्योगोले पनि टोकियो र ओसाकालाई पछ्याइरहेका छन् ।

अहिलेसम्ममा जापानको प्रिफेक्चरहरु मध्ये सबै भन्दा धेरै संक्रमण टोकियो प्रिफेक्चरमा भेटिएको छ । टोकियोमा हालसम्म २०६८ जना र ओसाकामा ८११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार बिहानसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या ७३९९ पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या ८१११ जना पुगेको छ ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले १३७ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहित १४९ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित व्यक्तिहरु मध्ये १२९ जनाको स्थिति नाजुक छ भने ७८४ जना निको भइसकेको छ ।***

तपाईको प्रतिक्रिया