मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

टोकियो – प्यारालाइसिस पीडित कलाकार दलबहादुर विकलाई जापानबाट आर्थिक सहयोग गरिएको छ । विकलाई जापान नेपाली एकता समाजको पहलमा संकलित २ लाख ४ सय ३१ रुपैया सहयोग स्वरुप प्रदान गरिएको हो ।

विगत केहि समयदेखि प्यारालाइसिसको शिकार भएका विकलाई आर्थिक कठिनाईसँग जुध्न सहयोग पुगोस् भन्ने उदेश्यले रकम प्रदान गरिएको जापान नेपाली एकता समाजले जनाएको छ । यस कार्यमा केन्द्रीय सदस्य मेघराज सापकोटा, जैमुनि नगरपालिका ५ का वडा अध्यक्ष गोपाल शर्मा मुख्य भूमिका रह्यो भने उपचार व्यवस्थापनमा आकाश गौतमले सहयोग गरिरहेका छन् ।

जापान नेपाली एकता समाजले आर्थिक सहयोगसहित सहानुभूति प्रकट गर्ने धन्यवाद ज्ञापन गरेको छ । सहयोग रकम जैमुनी नगरपालिका ५ का वडाअध्यक्ष शर्मामार्फत हस्तान्तरण गरिएको हो । दलबहादुर विक जनवादी गायक हुन् ।

तपाईको प्रतिक्रिया