मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

टोकियो । जापानी टेलिकम जायन्ट सफ्टबैंकले जापानी बजारमा मासिक ३० करोड मास्क ल्याउने तयारी गरेको छ । कोरोना भाइरसको कारणले बजारमा मास्कको अभाव भइरहेको बेला सफ्टबैंक ग्रुप का प्रमुख कार्यकारी अधिकृत सोन मासायोसीले ३० करोड मास्क उपलब्ध गराउने तयारी गरिएको जानकारी दिएका छन् ।

सफ्टबैंक ग्रुपले चिनियाँ कम्पनी बिवाईडीसँग मासिक २० करोड सर्जिकल मास्क र १० करोड एन नाइन्टी फाइभ मास्क किनेर मुनाफा नराखिकन जापानमा बेच्ने तयारी गरेको हो ।

जापानमा निरन्तर मास्कको अभाव देखिएपश्चात सरकारले विभिन्न कम्पनीहरुलाई मास्क उत्पादन गर्न अनुरोध गर्दै आएको थियो ।***

तपाईको प्रतिक्रिया