मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

टोकियो – जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार यहाँका अस्पतालहरुलाई कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउनका लागि आगामी हप्तादेखि बिरामीहरुले अनलाइन अथवा टेलिफोन मार्फतबाट चिकित्सा सेवाहरू लिन पाउने तयारी गरिएको छ ।

अनलाइन मार्फतबाट चिकित्सा सेवा लिन चाहने बिरामीहरुले घरमा नै पोष्टमार्फत औषधी पाउने सुबिधा पनि उपलब्ध गराइएको छ ।

“हामी यस्ता सुविधाहरु उपलब्ध भएको प्रिफेक्चरको नामावली क्रमबद्ध रुपमा लिकाल्ने छौ ।”- स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री खाचुनोबु कातोले भने ।

कोरोना भाइरसको महामारी सकिए पछि भने बिरामीहरुले अस्पतालमा नै गएर चिकित्सकलाई भेट्नु पर्नेछ ।

अनलाइनबाट चिकित्सा सेवाहरू लिन चाहने बिरामीहरुलाई मन्त्रालयले तोकेको स्वास्थ्य संस्था रोजेर टेलिफोन अथवा स्मार्टफोन मार्फतबाट फोन गर्नुपर्ने हुन्छ ।

यो सुविधा साधारण ब्यक्ति देखि लिएर कोरोना संक्रमण पुष्टि भएको तर मध्यम लक्षण देखिएको बिरामीहरुले पनि लिन पाउनेछन् ।

स्वास्थ्य मन्त्रालयले यो नयाँ सुबिधाको फाइदा उठाउन सक्ने ठगहरुबाट जोगाउनको प्रभावकारी उपायहरु अपनाउने बताएको छ ।

स्वास्थ्य मन्त्रालयले अनलाइन परामर्श लिनको लागि २१४० येन शुल्क तोकेको छ भने बिरामीहरुले स्वास्थ्य बिमा प्रयोग गरि करिब ६४२ येन तिर्नु पर्नेछ ।***

तपाईको प्रतिक्रिया