सोमबार, आषाढ ०४, २०८१
Monday, June 17, 2024

काठमाडौं  – विश्वभर महामारीको रुपमा फैलिँदै गइरहेको कोरोना भाइरस (कोभीड १९) का कारण बेलायतका प्रमुख फाष्टफूडको रुपमा स्थान ओगट्दै आएको म्याकडोनाल्ड लगायत नान्दुज, कोष्टा क्याफे तथा सबवे सोमबारबाट साँझबाट अनिश्चित कालका लागि बन्द हुने भएका छन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि म्याकडोनाल्डले बेलायतमा रहेका आफ्ना १२ सय ७० वटा रेष्टुरेन्टहरु बन्द गर्ने घोषणा गरेको हो ।

टेकअवे र ड्राइभ थ्रु बाहेक रेष्टुरेन्ट भित्र बसेर खान पाउने सुविधा म्याकडोनाल्डले यसघि नै बन्द गरिसकेको थियो । म्याकडोनाल्डले मात्र बेलायतमा करिब १ लाख ३५ हजार कामदारहरुलाई रोजगारी दिंदै आएको छ जसमध्य प्रायजसो ‘जीरो आवर कन्ट्याक्ट’ मा काम गर्दै आएका छन् ।

२० हजार कर्मचारीलाई रोजगारी प्रदान गर्दै आइरहेको नान्दूजले बेलायतमा रहेका आफ्ना ४ सय रेष्टुरेन्ट अर्को सूचना जारी नभएसम्मका लागि आजैबाट बन्द गर्ने घोषणा गरेको छ ।
त्यस्तै कोष्टा क्याफे र सबवेले पनि आफ्नो सम्पूर्ण शाखाहरु बन्द गर्ने बताएको छ । यद्यपी हस्पिटलमा रहेका आफ्ना शाखाहरुले भने अर्को दुई हप्तासम्म राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत कर्मचारीहरुको लागि निःशुल्क हट ड्रिंक्स उपलब्ध गराउने जनाएको छ ।

गत शुक्रबार प्रधानमन्त्री बोरिस जोन्सनले रेष्टुरेन्ट, पप, बार, क्याफे, सिनेमा, थियटर र जिमघरहरु बन्द गर्ने घोषणा गरे पनि टेकअवेको लागि भने छुट दिएका थिए ।
स्टाफ तथा ग्राहकहरुको हितलाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण शाखाहरुलाई अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको कम्पनीले बताएको छ ।
म्याकडोनाल्ड, नान्दूज, सबवे लगायत कोष्टा क्याफेहरुमा हजारौंको संख्यामा नेपालीहरुले रोजगारी पाउँदै आइरहेका छन् ।***

तपाईको प्रतिक्रिया