शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024
काठमाडौँ – नेपाल सरकारले कोरोना भाइरस त्रासका कारण आजदेखि सम्पूर्ण हल बन्द गर्न निर्देशन दिएसँगै देशभरका हल आजबाट बन्द भएका छन् । चलचित्र संघले विज्ञप्ती जारी गर्दै सम्पूर्ण हल बन्द गर्न आफ्ना हल यवसायीहरुलाई निर्देशन दिइसकेको छ ।

यसैले पनि आजबाट देशभरका सबै हल बन्द भएका छन् । देशको ठूलो चेन क्यूएफएक्सले दर्शकको सुरक्षा पहिलो प्राथमिकता भएको सूचना वेवसाइटमा नै राखेको छ । हलमा नयाँ सिनेमा नभएपनि आमा, बाघी ३ जस्ता सिनेमा चलिरहेका थिए ।

अब, हल बन्द भएसँगै निर्माताले आफ्नो सिनेमाको प्रदर्शन मिति कहिले तोक्ने हुन् भन्ने अन्यौल समेत छाएको छ । सिनेमा हल आजबाट बन्द हुँदा वैशाख १८ सम्म रिलिज मिति तोेकेका सिनेमाको प्रदर्शन मिति पनि स्थगित भएको छ ।

 

तपाईको प्रतिक्रिया