मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महिनाका लागि बेलायत बाहेक सम्पूर्ण युरोपेली मुलुकमा ३० दिनका लागि यात्रा प्रतिबन्ध लगागाएको घोषणा गरेका छन्। कोरोना भाइरस (काेविड-19) बाट बच्ने उपाय स्वरुप उनले बेलायतबाहेकका अन्य युरोपियन मुलुकको यात्रामा प्रतिबन्धको घोषणा गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

यो प्रतिबन्ध शुक्रबारबाट लागु हुनेछ। ‘नयाँ केसहरू अमेरिका प्रवेश नहुन् भन्नाका लागि हामीले युरोपबाट अमेरिकामा हुने सबै उडानलाई रोक्ने निर्णय गरेका छौ’, ट्रम्पले भनेका छन्।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ३८ जनाको मृत्यु भएको छ भने १हजार १सय ३५ जनामा संक्रमण भेटिएको छ।

तपाईको प्रतिक्रिया