काठमाडौं – चर्चित सामाजिक सञ्जाल फेसबुकले लण्डन र सिंगापुरस्थित आफ्ना कार्यालय बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि फेसबुकले लण्डन र सिंगापुरको कार्यालय बन्द गर्ने निर्णय गरेको एजेन्सीहरुले जनाएका छन् ।
यसअघि चीनको संघाईस्थित कार्यालय फेसबुकले बन्द गरेको थियो । लण्डन र सिंगापुरस्थित कार्यालयका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएकोसमेत बताइएको छ । कार्यालय पूर्णरुपमा सफाइ भएपछि मात्र खुल्ने फेसबुकले जनाएको छ ।
फेसबुक प्रवक्ताका अनुसार सिंगापुरस्थित कार्यालयमा काम गर्ने कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । कर्मचारीहरुलाई कार्यालयको सट्टा घरबाटै काम गर्ने वातावरण मिलाएको बताइएको छ । त्यसका अलवा फेसबुकले दक्षिण अफ्रिका, फ्रान्स, सान फ्रान्सिस्कोका कर्मचारीहरुलाई घरमबाटै काम गर्न भनेको छ ।