आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौँ – हामीले  बच्चादेखि नै सुन्दै आएका छौं कि जुत्ता तथा चप्पल उल्टो पल्टिएको छ भने त्यसलाई सुल्टो (सीधा) पल्टाउनुपर्छ । बाटो तथा आँगन अगाडि उल्टो जुत्ता देखियो भने साइत बिग्रिन्छ भन्ने मान्यता अहिले पनि छ ।

ज्योतिष शास्त्रका अनुसार मानव जीवनसँग सम्बन्धित हरेक चीज कुनै न कुनै ग्रहसँग जोडिएका हुन्छन् । र यसै क्रममा हाम्रा जुत्ता पनि आउँछन् । ज्योतिष शास्त्रका अनुसार हाम्रा जुताको सम्बन्ध शनि ग्रहसँग हुन्छ । यसकारण यो पनि मान्यता छ कि जसलाई शनिको दशा लागेको हुन्छ उनीहरुले जुत्ता दान गर्नु पर्ने हुन्छ ।

आज हामीले  लगाउने जुत्ता र त्यसले हाम्रो दैनिक जीवनमा पार्ने प्रभावबारे उल्लेख गर्दैछौं ।

जुत्ता कसरी राख्ने ? 

वास्तु शास्त्रका अनुसार तपाईले आफ्नो घरमा जुत्ता तथा जुत्ता राख्ने र्याक उत्तर–पूर्व दिशामा राख्नु हुँदैन । यस्तो यसकारण कि यही दिशाबाटै घरमा सूर्यको किरण प्रवेश गर्छ । यस्तो अवस्थामा तपाईको जुताले घरमा प्रवेश गर्ने सकरात्मक उर्जामा बाधा पुर्याउन सक्छ ।

उपहारमा मिलेका र चोरीका जुत्ता लगाउनु हुँदैन

शास्त्रीय मान्यता छ कि कहिल्यै पनि उपहारमा मिलेका तथा चोरेर ल्याएका जुत्ता लगाउनु हुँदैन । यसले भाग्यसँग तपाईंको मिलनलाई बन्द गरिदिन्छ । व्यक्तिगत करियरका लागि पनि उपहारमा मिलेका जुत्ता लगाउनु राम्रो मानिदैन ।

कसले कस्तो जुत्ता लगाउने ? 
यदि तपाईं बैंकिङ या शिक्षा क्षेत्रमा काम गर्नु हुन्छ भने तपाईंले खेरौ र गाढा पहेँलो रंगको जुत्ता लगाउनु राम्रो हुँदैन । यसले तपाईंको आम्दानीमा नराम्रो असर पर्न सक्छ । यो क्षेत्रका काम गर्ने व्यक्तिले निलो रंगका जुत्ता लगाउन सक्नुहुन्छ । यसले तपाईको व्यक्तित्व र करियरमा राम्रो प्रभाव पर्नेछ ।

यदि तपाई चिकित्सा (मेडिकल) र फलामसँग जोडिएको क्षेत्रमा काम गर्नुहुन्छ भने सेतो रंगका जुत्ता कहिल्यै नलगाउनुहोस् । यसले आर्थिक क्षति हुन्छ । यो क्षेत्रमा काम गर्ने व्यक्तिले कालो रंगको जुत्ता लगाउँदा धेरै राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया