काठमाडौँ – पाँच हजार वर्ष पुरानो मानव सभ्यता रहेको चीनको क्षेत्रफल ९६ लाख वर्गकिलोमिटरमा फैलिएका छ । विभिन्न हिसाबले निकै विकसित मानिएको चीनले पछिल्लो पटक पश्चिमा राष्ट्रहरुलाई कडा चुनौती दिदै आइरहेको छ ।
आर्थिक हिसाबले होस् वा सैन्य हिसाबले चीन विश्वको शक्तिशाली राष्ट्रका रुपमा परिचीत भइसकेको छ । चीनबारे केही यस्ता आश्चर्य लाग्दा रोचक तथ्यहरु रहेका छन् । आउनुहोस् हेरौ चीनका केही रोचक पक्षहरु
- सन् ५०० मा बुद्ध धर्म पहिलो पटक चीनबाट सुरु भएको बताइन्छ ।
- चीनमा ३० मिलियन भन्दा बढी मानिसहरु गुफामा बस्ने गर्छन् ।
- विश्वका पाँचजना व्यक्तिमा एक जना चिनियाँ व्यक्ति पर्छन् ।
- विश्वकै सवैभन्दा चर्चित देश चीनको जनसंख्या १.३ बिलियन रहेको छ ।
- चीनको पौराणिक कथा अनुसार प्रत्येक नयाँ वर्षमा ‘नियान’ नामक राक्षसले मानिसहरु खाने काम गर्छ ।
- चीनमा चोपस्टीक बनाउन प्रत्येक वर्ष २० मिलियन रुखहरु काटिन्छ ।
- सन् २००९ देखि चीनमा फेसबुक प्रतिबन्ध रहेको छ ।
- चीनमा बन्ने चाइनिज फरच्युन कुकिज सन् १९०० मा स्यान फ्रानसिस्कोमा बनेका थिए ।
- चीनमा रहेको ग्रेटवालमा रहेका केही ढुंगा जोड्न आटाको प्रयोग भएको थियो ।
- विश्वकै सबैभन्दा ठुलो मल चीनमा रहेको छ । तर, ९९ प्रतिशत भाग खाली रहेको छ ।
- सन् २०११ मा ४२.५ मिलियन चाउचाउका प्याकेट चीनले खपत गरेको थियो ।
- चीनहरु नम्बर ८ लक्की मान्छन् । यो नम्बरले विकासको प्रतिबिम्ब दिने उनीहरुको विश्वास छ ।
- सन् २००८ मा चीनले सबैभन्दा महँगो ओम्पिक खेलहरु आयोजना गर्यो । यसको कुल खर्च ४० बिलियन डलर रहेको थियो ।
- कागजको पैसाको प्रचलन चीनबाट सुरु भएको हो ।
- विश्वका आधी सुगुर त चीनमा मात्र रहेका छन् ।
- पश्चिम चीनम सुर्य विहानको १० बजे मात्र उदाउँछ ।
- चीनको राष्ट्रिय खेल टेबल टेनिस हो ।