शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकी कंग्रेसका सदस्यहरूले भेटवार्ता गरेका छन् । विहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुनेमा आफूहरू विश्वस्त रहेको बताए ।

अमेरिकी सांसदहरूले एमसीसीको सन्दर्भमा नेपाल सरकारले गरिरहेको पहलको प्रशंसा समेत गरे । एमसीसी अगाडि बढेमा अमेरिकी लगानी र अमेरिकासँगको व्यापार बढाउन बलियो आधार खडा हुने उनीहरुको भनाई थियो ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपाल-अमेरिकाबीचको सम्बन्ध पुरानो भएको बताउँदै नेपालको विकासमा अमेरिकाले गरिरहेको सहयोगले निरन्तरतामा आफू पूर्ण विश्वस्त रहेको बताए । अमेरिकी सांसदहरूले यसअघि अर्थमन्त्री युवराज खतिवडासँग भेट गरेका थिए ।

तपाईको प्रतिक्रिया