Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान प्रविधिका क्षेत्रमा विद्यावारिधि उपाधि प्राप्त गरेका नेपालीको विवरण संकलन गर्ने भएको छ ।

सरकारी र गैरसरकारी क्षेत्रमा क्रियाशिल विज्ञको व्यक्तिगत विवरण, विज्ञता, आवद्द संघ-संस्था चुस्त बनाउन नास्टले यस्तो पहल अघि बढाएको हो । प्राकृतिक विज्ञान, चिकित्साशास्त्र, कृषि विज्ञान, इन्जिनियरिङ, गणित, सूचना प्रविधि लगायत अन्य विविध विषयका विज्ञको विवरण संकलन सुरू गरिएको नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले बताए ।

उनले भने, – ‘अहिलेसम्म नेपाली वैज्ञानिकहरूको भरपर्दो अभिलेखन भएको छैन, यस्तो सञ्जालले विज्ञान र सूचना प्रविधि क्षेत्रको ‘थिंक ट्यांक’ बनाउन सघाउ पुग्ने हाम्रो विश्वास छ ।’ सञ्जाल ज्ञान अनुभव आदान–प्रदान गर्ने भरपर्दो ‘प्लेटफर्म’ बन्ने र वैज्ञानिक खोज अनुसन्धान कार्यमा विदेशी विज्ञ र परामर्शदाता नियुक्त गर्नुपर्ने बाध्यता बिस्तारै हट्ने नास्ट पदाधिकारीको दाबी छ ।

नेपालसहित विदेशी विश्वविद्यालयबाट विज्ञता हासिल गरेका वैज्ञानिक प्राविधिकको प्राज्ञिक पृष्ठभूमि, अनुसन्धान क्षेत्र, आवद्ध निकायको विवरण नास्टले आगामी वैशाखभित्र प्रकाशन र आफ्नो वेवसाइट मार्फत सार्वजनिक गर्दैछ । विदेशमा रहेका वैज्ञानिकलाई नेपालसंग प्रत्यक्ष-अप्रत्यक्ष जोड्न ‘हु इज हु इन साइन्स एन्ड टेक्नोलोजी’ अर्थात् ‘विज्ञान र प्रविधिमा को ?’ शीर्षकमा विज्ञहरूको विस्तृत विवरण समेटिने नास्टका प्रवर्धन अधिकृत ज्योतिप्रसाद फुयाँलले बताए ।

यसअघि सन् २०१० मा तत्कालीन विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा नास्टले नेपालबाट प्रविधि विषयमा स्नातक र विज्ञानतर्फ स्नातकोत्तर तह र सो भन्दामाथिको शैक्षिक योग्यता हासिल गरेका नेपालीको विवरण संकलन गरेको थियो । सो बेला ४४ हजार ४४ नेपाली वैज्ञानिक र प्राविधिकको विवरण संकलन भएको थियो ।

सो अध्ययनले विज्ञान प्रविधिसंग जोडिएका सरकारी र गैरसरकारी निकाय, मुलुकभित्र उपलब्ध वैज्ञानिक उपकरण, प्रयोगशाला, खोज अनुसन्धानका सुविधा समेटिएको प्रतिवेदन तयार भएको थियो ।
१० वर्षअघिको अध्ययन वैज्ञानिक प्राविधिकको सञ्जाल बनाउने पहिलो पहल भएको तर त्यसयता विज्ञहरूको व्यक्तिगत विवरण अद्यावधिक हुन नसकेको नास्ट अधिकारी बताउँछन् ।***

तपाईको प्रतिक्रिया