Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौँ – पाइलटबिनाको व्यावसायिक बिमान सम्बन्धी योजनाबारे धेरै समय अगाडिदेखि कुरा चल्दै आएको छ ।

तर थुप्रै विमानहरुले यो सफलता हासिल गरिसकेपछि पनि अझै पाइलटबिनाको विमान पूर्ण रुपमा सुरक्षित तरिकाले उडान भर्न सक्ने सम्बन्धी एकदम थोरै मात्र प्रमाण छ ।

गत डिसम्बेरमा एयरबसले आफ्नो विमान फ्रान्सको टुलोज– ब्लागनेक विमानस्थलमा अटोमेटिक अवतरण गरेको पक्का परेको थियो ।

युरोपेली एरोस्पेस कम्पनी, एयरबसले थुप्रैपटक अटोपाइलट परीक्षणहरु सफल भएकाबारे गत महिना खबर गरेको थियो, जसमा उपस्थित दुई पाइलटलाई भने ‘स्ट्यान्डबाइ’ अर्थात तयारी अवस्थामा राखिएको हो ।

एयरबसका अनुसार ए३५०–१००० विमान चार घण्टा र ३० मिनेटको समयमा आठपटक अटोमेटिक ‘टेक–अफ’ गर्न सफल भएको हो ।

परीक्षणमा उपस्थित रहेका एयरबसका पाइलट क्याप्टेन यान बिउफिल्सले आफ्नो एक बयानमा रनवेको सफल सञ्चालनपछि एयर ट्राफिक कन्ट्रोलबाट क्लियरको संकेत पाएर अटोपाइलट मा उडान भरेको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, “हामीले थ्रोटल लिभरलाई टेक–अफ सेटिङमा लग्यौँ र त्यसपछि एयरक्राफ्ट मनिटर गर्यौँ । यसपछि विमान आफैँ बिस्तारै अघि बढ्न थाल्यो र रनवेमा आफ्नो मार्ग कायम राख्दै गति बढाउन सुरु गर्यो र ठीक पोजिसनमा पुगेपछि माथि उड्यो । यसरी हामी अटोमेटिक सञ्चालनमार्फत नै हावामा पुगेका हौँ ।”

यसमा सार्वजानिक गरिएको तस्बिरमा पाइलटहरुले उडानको समयमा कन्ट्रोलबाट आफ्नो हात हटाएको देख्न सकिन्छ ।

एयरलाइन्सले यो उपलब्धी हासिल गर्न इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम, (आइएसएस) को सट्टा नयाँ तस्बिर पहिचान प्रणाली जडान गरेको थियो, जसले रनवेमा रेडियो वेभ पठाउने गर्दछ र पाइलटहरुलाई सीधा र तेर्सोबीच सन्तुलन मिलाउन गाइड गर्दछ ।

एयरबसले यहीवर्ष अटोमेटिक भिजनमा आधारित ट्याक्सी पनि निर्माण गर्ने योजना रहेको बताएको छ ।

यसरी भविष्यमा ७० प्रतिशत यात्रुहरु पाइलटबिनाको विमानमा उडान भर्न तयार रहने यसअघिको सर्वेक्षणले पनि देखाइसकेको छ ।

यसले पाइलट अभावको समस्या समाधान गराउनुका साथै लागतमा कटौती गर्न पनि मद्दत गर्ने बताइएको छ ।

तर पनि धेरै मानिसहरु पाइलटबिनाको विमानको सुरक्षालाई लिएर अझै विवादित अवस्थामै छन् ।

अटोमेटिक प्रणाली विशेषगरी पाइलटका लागि धेरै मद्दतगार साबित हुने बताइएको छ जसमा उनीहरु उडानका समयमा अन्य व्यवस्थापन प्रणालीमा केन्द्रित रहन सक्नेछन् र उडानमा सुधार आउनेछ ।  सीएनएन

तपाईको प्रतिक्रिया