शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडौँ — टाइगर श्राफको हिट फ्रेन्चाइज ‘बागी’को तेस्रो भागमा उनी आफ्ना पिता जैकी श्राफसँग देखिने भएका छन् । फिल्मका निर्माता साजिद नाडियडवालाले यसको पुष्टि गरेका छन् ।

‘टाइगरलाई फिल्ममा लञ्च गरेदेखि नै जैकी र टाइगरको जोडी दर्शकले हेर्न चाहनु भएको थियो, अब त्यो पूरा हुँदैछ,’ उनले मिडडेलाई भनेका छन्।
‘बागी’ ३ मा श्रद्धा कपुर पनि मूख्य भूमिकामा हुनेछन्। श्रद्धा बागी एकमा पनि थिइन् भने दुईमा दिशा पाटनी थिइन्। जैकी श्राफ पछिल्लो समय सहायक र नकारात्मक भूमिकमा देखिदै आएका छन्। तर, यसमा भने उनको भूमिकाबारे केही खुलाइएको छैन।
तपाईको प्रतिक्रिया