आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौँ – ताइवान विश्वविद्यालय अस्पतालले बच्चा रोएको आवाज सुनेर रुनुको कारण पत्ता लगाउने मोबाइल एप बनाएको छ । यस्तो एपको नाम ‘द इन्फ्यान्ट क्राइज ट्रान्सलेटर’ राखिएको छ ।

यो मोबाइल एपले बच्चा रुनुको अलग अलग तरिकालाई चिन्न सक्ने बताइएको छ । बच्चा रोएको आवाजलाई एउटा ठूलो डाटाबेससँग मिलाउने प्रयास गरिन्छ, जसबाट आउने नतिजाको आधारमा बच्चा किन रोएको हो भन्ने पत्ता लगाइन्छ ।

जब बच्चा रुन्छ तब एपको रेकर्डिङ बटन अन गरिन्छ । त्यसपछि बच्चा रोएको आवाज डाटाबेसमा पुग्छ । धेरै प्रक्रियापछि करीब १५ सेकेण्डमा एपले बच्चा किन रोएको हो भन्ने पत्ता लगाउन सक्छ ।

एप बनाउनका लागि अनुसन्धानकर्ताको टोलीले १ सय नवजात शिशु रोएको रेकर्डिङ गरेका छन् । यस्तो आवाजको क्लिप २ लाख वटा रहेको छ । अंग्रेजी पत्रिका डेली मेलका अनुसार यस्तो एपले बच्चा रोएको ४ प्रकारको आवाच छिन्न सक्छ ।

तपाईको प्रतिक्रिया