आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – भारतमा विवाहको तयारीमा रहेका जोडीका बाबु-आमाले भागेर विवाह गरेपछि उनीहरुको विवाह रोकिएको छ । गुजरातमा युवा-युवतीको फेब्रुअरीको दोस्रो साताका लागि विवाह तय भएको थियो ।

तर, उनीहरुका बाबु-आमाले भागेर विवाह गरेपछि त्यो जोडी विवाह नगर्ने निर्णयमा पुगेको छ । दुलाहाका ४८ वर्षीय बाबु एक टेक्सटायल व्यवसायी हुन् । उनले जनवरी १० मा दुलहीकी ४६ वर्षीया आमालाई भगाएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार विवाहको तयारीमा रहेको त्यो जोडीका अभिभावक सानैदेखि एकअर्कालाई चिन्थे र उनीहरु कतागाम क्षेत्रमा छिमेकीसमेत थिए । एक वर्षअघिदेखि विवाह गर्ने तय भए पनि विवाहको अन्तिम तयारी सुरु भएको समयमा उनीहरु भागेका हुन् ।

तपाईको प्रतिक्रिया