काठमाडौं – वर्षौदेखि मोबाइलको सुरक्षा केवल पासवर्डमा निर्भर रहेको थियो तर दिनहु हुने प्रविधिको विकासले गर्दा जस्तोसुकै कठिन पासवर्ड पनि सजिलै ह्याक गर्न सकिन्छ ।
यस कुरालाई ध्यानमा राख्दै स्मार्टफोन निर्माता कम्पनीहरुले पारम्परिक पासवर्डलाई बायोमेट्रिक पासवर्डमा रूपान्तरण गरेका छन् । जस्तै- फिंगरप्रिन्ट स्क्यानर, फेशियल रिकग्निशन, आईरिस स्क्यानर, भोइस रिकग्निशन आदि । यी बाहेक फोनमा नन बायोमेट्रिकमा पिन र पासवर्ड राख्न मिल्ने गरि बनाइएको छ । यदि फोनमा यी सेक्युरिटी फिचर्स इनेबल छन् भने प्रयोगकर्ताको अनुमति बिना फोन प्रयोग गर्न मिल्दैन ।
भोइस रिकग्निशन :
यसको सहयोगबाट प्रयोगकर्ता आफ्नो स्मार्टफोनको स्क्रिनमा हेरेर फोनलाई अनलक गर्न सक्छन् । यस फिचरलाई प्रयोगकर्ताहरुले पनि मन पराएका छन् । फेसबुकले सामाजिक संजाल प्रयोगकर्ताहरुको अनुहारको आधारमा साथीहरुको फोटो ट्याग गर्ने विकल्प दिएको छ । यो पनि एक प्रकारको फेशियल रिकग्निशन नै हो । फेशियल रिकग्निशन सिस्टम एक मोबाइल फीचर हो, जुन कुनै व्यक्तिको डिजिटल इमेजको आधारमा भेरिफाई गर्न सक्छ र फेशियल फिचर वा डाटाबेसमा फिड यूजरको थ्री-डी तस्वीरसंगै प्रयोगकर्ताको अनुहारको डिजिटली रुप बनाउछ ।
प्राय: जसो यसको प्रयोग सेक्युरिटी सिस्टममा हुने गर्दछ । यदि स्मार्टफोनमा फेशियल रिकग्निशन सिस्टमले कुनै व्यक्तिको पहिचानमा गलत फिड गर्यो भने, समास्या उत्पन्न हुन्छ । फेस रिकग्निशन अहिले प्रायजसो स्मार्टफोनमा पाइन्छ । आईफोन जस्तो प्रिमियम फोनको फेशियल रिकग्निशन राम्रो छ । आईफोन एक्सले आईडीको लागि प्रयोगकर्ताको अनुहार रजिस्टर गर्ने समयमा अनुहार घुमाउनको लागि गाइड गर्छ । यसले प्रयोगकर्ताको अनुहारको थ्री-डी स्क्यान गर्छ ।
फिंगरप्रिन्ट स्क्यानर :
स्मार्टफोनमा फिंगरप्रिन्ट स्क्यानरले मोबाइलको सेक्युरिटीमा थप कडाई गर्छ । जब प्रयोगकर्ता आफ्नो यस विकल्पलाई अन गर्छन् तब स्मार्टफोनमा भएको अप्टिकल स्क्यारले प्रयोगकर्ताको फिंगरप्रिन्ट्स को डिजिटल इमेज क्याप्चर गर्छ । यो डिजिटल इमेज अगाडीको भेरिफिकेशनको लागि स्मार्टफोनमा फिड हुन्छ । यदि फोनमा फिंगरप्रिन्ट सेक्युरिटी अन छ भने प्रयोगकर्ता बाहेक अरु कसैले फोन अनलक गर्न सक्दैनन् । अहिले व्हाट्सएप जस्तो एपमा पनि फिंगरप्रिन्टको फिचर छ ।
जब प्रयोगकर्ता फोनलाई ओपन गर्ने वा अन्य कुनै कामको लागि अनलक गर्छन्, यस फिचरले फिंगरप्रिन्ट्स को इमेजलाई पहिला नै स्टोर भएको इमेजसंग मिलाउछ । यदि इमेज म्याच गर्यो भने फोन अनलक हुन्छ । यदि फिंगरप्रिन्ट म्याच भएन भने फोनमा ‘ट्राई अगेन’ भनेर सन्देश आउछ । भर्खरै स्मार्टफोन निर्माता कम्पनी भिभो ले आफ्नो एक स्मार्टफोनको डिस्प्लेमा नै फिंगरप्रिन्ट स्क्यानिङ्ग को विकल्प राखेको छ । यस प्रविधिको लागि भिभोले फोनमा ओलईडी डिस्प्ले राखेको छ ।
आईरिस स्क्यान :
आईरिसको ढाँचा र रेटिनाको रक्त नली, प्रत्येक व्यक्तिमा भिन्न हुन्छ र अनौठो हुन्छ । रेटिनल स्क्यानिङ्ग एक बायोमेट्रिक प्रविधि हो जसमा रेटिनामा भएको रक्त नलीको छुट्टै अनौठो ढाँचा हुन्छ जसले व्यक्तिको पहिचान दिन्छ । प्रायजसो प्रयोगकर्ताको आईरिस ढाँचा र रेटिनाको रक्त नलीको ढाँचामा गडबड हुन्छ ।
स्मार्टफोनमा भएको फ्रन्ट क्यामेराको सहयोगले प्रयोगकर्ता आफ्नो रेटिना स्क्यान गर्न सक्छन्, त्यसपछि मात्र फोन अनलक हुन्छ । अहिले फिंगरप्रिन्ट र आईरिस स्क्यानर, बायोमेट्रिक प्रविधि द्रुत गतिमा अगाडी बढीरहेको छ । बजारमा भएको फोनहरुमा सामसुङ्गले सेलेक्टेड फोनमा मात्र आईरिस स्क्यानर फिचर दिएको छ । तर उक्त फिचर आईग्लास लगाएर स्मार्टफोन अनलक गर्यो भने राम्रोसंग काम गर्दैन।
फेस अनलक फिचर पहिला एन्ड्रोइडमा उपलब्ध थियो तर धेरै सुरक्षित थिएन । एप्पलले थुप्रै सेन्सर्स लगाएर आईफोन एक्समा उक्त फिचर राख्यो, जसले गर्दा फोन अझ धेरै सुरक्षित बनेको छ । यसको माध्यमबाट फोनको स्क्रिनमा हेर्ने बित्तिकै अनलक गर्ने मिल्छ । आईफोनको तुलनामा एन्डड्रोइड फोन निर्माताले आफ्नो फोनमा यस फिचर दिएको छ, तर अहिले एन्ड्रोइड मा यस फिचर आईफोन जत्तिकै सुर्क्षित छैन । रेटिना स्क्यान गरेर स्मार्टफोन अनलक गर्ने भएकोले, फेस अनलक फिचरको तुलनामा एन्ड्रोइड फोनमा आईरिस स्क्यानर बढी सुरक्षित हुन्छ ।