काठमाडौँ – चिनको गेन्हे शहरमा २०१९ को चाइना पोल अफ कोल्ड म्याराथनमा करीब १ हजार ५ सय धावक दौडेका छन्।
म्याराथन भइरहेका बेला त्यहाँको तापमान माइनस ५२ डिग्री सेल्सियस थियो। बरफको मैदानमा भएको म्याराथन दौडको क्रममा धावकको अनुहार र शरीरमा बरफको पत्र जम्मा भयो। चिसोबाट बच्न धावकहरूले मोटो लूगा लगाएका थिए। साथै, अनुहारमा मास्क प्रयोग गरेका थिए।
चाइना कोल्ड पोल म्याराथन हरेक वर्ष हुने गरेको छ। २०१९ को म्याराथनमा सहभागीहरु स्थानीय र अन्य मुलुकका थिए।
यो प्रतियोगितामा सहभागी भएका सबै धावकले यसअघि पहिले ४० डिग्रीसम्ममा दौडेको अनुभव थियो। गेन्हे चीनको सबैभन्दा चिसो सहर हो।