काठमाडौं – फेसबुक र गुगलको व्यवसायिक ढाँचा मानव अधिकारका लागि खतरा रहेको एमनेस्टीले दाबी गरेको छ।
विश्वभर मानव अधिकारको काम गर्ने एमनेस्टीले एक रिपोर्ट जारी गर्दै यी कम्पनीले गर्ने अत्याधिक निगरानीका कारण चिन्ता गर्नुपर्ने भएको बताएको छ।
यस्ता कम्पनीले गर्ने अत्याधिक निगरानीले प्रयोगकर्ताको गोपनियताको हक र मानवअधिकार हनन हुने रिपोर्टमा उल्लेख छ।
रिपोर्टले फेसबुक र गुगल माथि आरोप लगाएपनि दुबै कम्पनीले आफ्नो बचाउ गरेका छन्। उक्त रिपोर्टको उत्तर दिदैँ फेसबुकले मानव अधिकारमा आफूले गरेका कामको उदाहरण प्रशस्त रहेको दाबी गरेको छ।
साथै मानव अधिकार र गोपनियतताको हकलाई सम्मान गर्ने गरेको समेत चिठ्ठीमा उल्लेख छ। त्यस्तै गुगलले पनि प्रयोगकर्ताको सम्मान गर्दै डाटाहरु सुरक्षित राखेको बताएको छ।
मानव अधिकारको हनन हुनबाट रोक्न यस्ता कम्पनीलाई व्यक्तिगत सूचनाहरु र विज्ञापन दिन बन्द गर्न एमनेस्टीले अमेरिकी सरकारलाई सुझाव दिएको छ। ***