काठमाडौं – एसीसी ईमर्जिङ टिम्स कपको आजको खेलमा पनि नेपाली ब्याट्सम्यानको प्रदर्शन सुध्रिन सकेन । नेपालले बंगलादेशलाई एक सय ३९ रनको मात्रै लक्ष्य दिन सकेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
बंगलादेशसँग टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत सदाझै आज पनि खराब रह्यो । ३३ रनमा कुलश भुर्तेललाई गुमाएको नेपालले ३४ रनमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो ।
त्यसपछि शरद भेष्वाकर, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, पवन सर्राप, सन्दीपर ज्वरा र विनोद भण्डारी ८५ रनमै आउट भए । सोमपाल कामी र करण केसीले नेपालका लागि महत्वपूर्ण ५० रन जोडे । सोमपालले ३८ र करणले १८ रन बनाए ।
नेपाल ४४.३ ओभरमै सबै विकेट गुमाएर एक सय ३८ रनमा समेटियो । बंगलादेशका लागि सुमन खान, मिन्हजुल अबेदिन अफ्रिदीले तीन-तीन र तन्वीर इस्लाम र मेहदी हसनले दुई दुई विकेट लिए ।
प्रकाशित मिति: सोमबार, मंसिर ०२, २०७६
प्रकाशित समय: १६:३५:२५