Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडाैं – नेपालमा आयोजना हुन गइरहेको दक्षिण एसियायी खेलकुदका लागि नेपाली महिला टोलीको घोषणा भएको छ । आगामी मंसिर १५ गतेबाट सुरु हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) का लागी २० सदस्यीय महिला फुटबल टोली घोषणा गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार निरु थापाको कप्तानमा खेलाडी छनोट गरेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले अन्तिम २० सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । नेपालले काठमाडौ र पोखरामा डिसेम्बर १ देखि १० सम्म दक्षिण एसियाली खेलकुद आयोजना गर्दैछ । प्रतियोगिता हुनु भन्दा ३ हप्ता अगाडि नै नेपाली टोलीको घोषणा गरिएको हो ।

सन् २०१० को ११औँ सागबाट महिला फुटबलसमेत समावेश गरिएको छ । जसको अघिल्ला २ वटा संस्करणमा नेपाल भारतसँग पराजित बन्दै रजत पदक प्राप्त गरेको थियो।  घरेलु भूमिमा पहिलो पटक स्वर्ण जित्ने लक्ष्यका साथ झन्डै ४ महिनादेखि तयारीमा जुटेको थियो । सागको महिला फुटबल आयोजना स्थल पोखरामै टोलीले अभ्यास गरिरहेको छ ।

नेपाली टिम

गोलकिपर : एन्जिला तोम्बाफो, एन्जिला राना मगर, उषा नाथ

डिफेन्डर : गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, हिरा कुमारी भुजेल, कबिता धिमाल, मनमाया लिम्बू, पुजा राना

मिडफिल्डर: रेनुका नगरकोटे, दीपा राई , सरु लिम्बू, इन्दिरा राई , अनिता बस्नेत, मन्जली कुमारी योन्जन, बिमल चौधरी

फर्वाड: सावित्री भन्डारी, निरु थापा, अनिता केसी

तपाईको प्रतिक्रिया