Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटमा नेपाल २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार एमसीसीले दिएको ३ सय ९३ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा अलआउट हुँदै १ सय ८४ रनमा समेटियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पहिलो इनिङमा खराव ब्याटिङका कारण न्यून रनमा अलआउट भएको नेपालले दोस्रो पारीमा पनि खराव ब्याटिङ गर्यो । जसका कारण नेपाल एक सय ८४ रनमा अलआउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए भने राजु रिजालले ३१ र सन्दिप लामिछानेले २५ रन बनाए ।  एमसीसीले दोस्रो पारीमा थप एक सय ८१ रन बनाएर पारीको घोषणा गरेपछि नेपालले तीन सय ९३ रनको विशाल लक्ष्य पाएको थियो । तर नेपाल दुबै पारीमा असफल बन्यो ।

नेपाल पहिलो इनिङमा ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । लेग स्पिनर सन्दीप लामिछानेले २१ बलमा ४ छक्का र २ चौका सहित सर्वाधिक ३९ रनमा अविजित रहे । त्यस्तै विनोद भण्डारी ३६, सोमपाल कामी २६, ज्ञानेन्द्र मल्ल डक, शरद भेषवकर ४, राजु रिजाल ८, दीपेन्द्र सिंह ऐरी १ र आरिफ शेख १० रनमा आउट भए । एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान ३ विकेट लिए ।

एमसीसी पहिलो इनिङमा ३ सय ६४ रनमा अल आउट भएको थियो । उसका यासिर अराफात ६५, विल रोड्स ७३, माइल्स हमान्ड ५२, विल भानडसपार ५३ र टम वेस्ट्लीले ३९ रन जोडेका थिए । नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । सोमपाल कामी र करण केसीले २–२ विकेट लिए ।

नेपालले करिब १४ वर्षपछि घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेलको हो । अब नेपालले एमसीसीसँग टी–ट्वान्टी क्रिकेट खेल्नेछ । यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो । नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् ।

तपाईको प्रतिक्रिया