शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडौं – कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ विस्तारका लागि निजी घर पनि भत्काउनुपर्ने भएको छ। यसका लागि सडक विभागले केही निजी सम्पत्ति अधिग्रहण गर्नुपर्ने देखिएको छ।

सडक विस्तारका लागि साइट क्लिरेन्स काममा सघाइरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको एक अध्ययनअनुसार काठमाडौंको महाराजगञ्ज क्षेत्रमा रहेका निजी घर भत्काउनुपर्ने देखिएको हो। सडकको मध्यबिन्दुबाट ३१/३१ मिटर दायाँबायाँ हुनुपर्ने भएकाले दुवै भागका घर भत्काउनुपर्ने छ।
यसका लागि सरकारले एक अर्ब ६८ करोड क्षतिपूर्तिमै खर्च गर्नुपर्ने छ। यद्यपी क्षतिपूर्तिको दर निर्धारण भएपछि यसको ठोस आकार लिने छ। चीनको सहयोगमा विस्तार हुने दोस्रो खण्डको काममा पहिले साइट क्लियर गर्नुपर्ने छ।

साइट क्लियर गरेपछिमात्र काम सुरू गर्ने चिनियाँ पक्षले अडान लिएपछि सो काममा अहिले काठमाडौं उपत्यका विकास प्राधिकरण र सडक विभाग लागिपरेका छन्। यसमा अहिले रूख काट्ने र त्यसपछि निजीघर तथा जग्गा परे अधिग्रहण वा भत्काउने काम सुरू हुने छ।***

तपाईको प्रतिक्रिया