Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडाैं – क्वन्टास एयरलाइन्सले बढी उडान गरेर नयाँ कीर्तिमान रचेको छ । लगातार १९ घण्टाभन्दा बढी उडान गरेर क्वन्टास एयरलाइन्सले उक्त कीर्तिमान रचेको हो ।

न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार शनिबार राति ९ बजे ५० यात्रु तथा चालक दलका सदस्य लिएर उडेको थियो । विमान न्युयोर्कबाट सिड्नीका लागि उडेको थियो । विमानलाई न्युयोर्कबाट सिड्नीसम्म पुग्न १९ घण्टा १६ मिनेट लागेको थियो जुन १६ हजार २०० किलोमिटरको दूरीमा थियो ।

यति लामो दूरी पार गर्न विमानहरु ठाउँठाउँमा ‘ट्रान्जिट’ बनाउने गर्दछन् । तर, क्वन्टासले लामो दूरीमा ‘ननस्टप’ व्यावसायिक उडान गर्ने उद्देश्यले परीक्षण उडान गरेको हो ।१९ घण्टाभन्दा लामो समय लगातार विमानमा सवार रहेका चालक दलका सदस्य तथा यात्रुको स्वास्थ्य, मानसिक अवस्था लगायतका विषयमा गम्भीर अनुसन्धान गरी यस प्रकारको व्यावसायिक उडानलाई बढी सुरक्षित र जोखिमरहित बनाउन पहल गरिने अधिकारीहरुले जनाएका छन् ।यति लामो समयसम्म लगातार व्यावसायिक उडान गरेको यो नै पहिलो पटक हो । यसअघि सिंगापुर एयरलाइन्सले १८ घण्टा ५० मिनेटसम्म लगातार उडान गरेको थियो । उक्त एयरलाइन्सले न्युयोर्कबाट सिंगापुरसम्म १५ हजार ३४४ किलोमिटरको यात्रा ट्रान्जिट बिना नै पार गरेको थियो ।

तपाईको प्रतिक्रिया