Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडाैं – म्यानचेस्टर युनाइटेड र युभेन्टसले ठूलो सम्झौता गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यी दुई क्लब पाउलो डिबाला र रोमेलो लुकाकु एकआपसमा साटासाट गर्नेमा सहमतिनजिक पुगेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्पोटर्सकिडाका अनुसार युभेन्टसले म्यानचेस्टर युनाइटेडसँग खेलाडी साटासाट गर्ने प्रस्ताव राखेको थियो । जसमा दुवै क्लब सहमतिनजिक पुगेको बताइएको छ । लुकाकुलाई म्यानचेस्टरले बेच्ने निर्णय गरेको थियो । लुकाकु युनाइटेडका महङ्गो खेलाडीमा पर्छन् । यता क्रिष्टियानो रोनाल्डोको छायाँमा परेका डिबालाले क्लब छाड्ने कुरा केही समयअघि मात्र चर्चामा आएको हो ।

डिबालाले सम्झौता स्वीकारेको खण्डमा दुई क्लबबीच खेलाडी साटासाट हुनेछ । म्यानचेस्टर युनाइटेडका व्यवस्थापक ओल गनर सोल्स्कजारले अर्जेन्टिना र बेल्जियमका स्टारबीच सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् । उनले भने, ‘हामी सम्झौताको लागि काम गरिरहेका छौँ । नयाँ लिग सुरु हुनका लागि १० दिनमात्र बाँकी छ र हामी दुई खेलाडीलाई सहमतिमा ल्याउन प्रयासरत छौं ।’

डिबालाले बिहीबारको खेलमा सहभागिता जनाउने र त्यसपछि मात्र उनको भबिष्यबारे सहमति गर्ने कुरा युभेन्टसका प्रशिक्षक माउरिजिओ सार्रीले बताएका छन् ।

तपाईको प्रतिक्रिया