Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

काठमाडौं – पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक ९८ रन जोडिन् । नेपालले ७ बलरको प्रयोग गरे पनि कुनै विकेट निकाल्न सकेन ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गरेको थियो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । करियरको दोस्रो अर्धशतक पूजाले ४३ बलमा पूरा गरिन् ।

५ खेलमा ६ अंकका साथ नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ । ५ खेलमा अंकबिहिन नेपाल तालिकाको पुछारमा छ ।

सिरिजमा नेपाल र नेदरल्याण्ड्सको अलावा थाइल्याण्डको पनि सहभागीता रहेको छ । सबै टोली एक आपसमा ३ खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधी जित्नेछ । अपराजित थाइल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया