बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडाैं – नेपाल वायुसेवा निगमले जापान उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । निगमले भदौ १२ देखि वाइडबडीमार्फत प्रत्येक मंगलबार, बिहीबार र शनिबार राति २ः४० बजे जापान उडान गर्ने भएको हो ।

निगमले यसअघि असार १९ गते काठमाडौंबाट जापानको ओसाका उडान भर्ने तालिका सार्वजनिक गरेको थियो । जापानको ओसाका अन्तर्राष्ट्रिय विमानस्थलमा जुलाई ४ तारिखदेखि दैनिक तीन उडान भर्ने गरी उडान अनुमति पाएपछि सोही अनुमतिको आधारमा आगामी भदौ १२ देखि आफ्नै वाइडबडीमार्फत जापान उडान गरिने  नेपाल एयरलाइन्सका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।

निगमले आगामी दिनमा पनि पुरानै तालिकाअनुसार जापानको लागि उडान भर्ने जानकारी दिएको छ । जसअनुसार नेपालबाट जहाज २ः४० बजे उड्नेछ भने ओसाकाबाट जापानको समयअनुसार दिउँसो १ः५५ मा उडान भर्नेछ । अहिले छोटो दूरीको उडान गर्दै आइरहेको निगमको वाइडबडी जहाजले एक वर्षपछि जापानमा उडान गर्ने भएको हो ।

नारितामा अझै अनुमति मिलेन
ओसामा उडानको नयाँ तालिका सार्वजनिक गरेकाे निगमले नारीतामा भने अझै अनुमति पाएको छैन । नारीतामा अझै अन्यौल रहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

निगमले जापान र चीनपछि साउदी अरवको रियादमा उडान विस्तारको योजना बनाएको छ । साउदीका लागि ‘जनरल सेल्स एजेन्ट (जीएसए) छनोट प्रक्रिया चलेको र जीएसए नियुक्त भइसकेपछि साउदीमा उडान प्रक्रिया थाल्ने भएकाे हाे ।

तपाईको प्रतिक्रिया