Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौं – सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहटाउने भएको छ । प्रधानमन्त्री केपी ओलीले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहट्ने प्रस्ट पारेका हुन् ।

प्रधानमन्त्री ओलीले मंगलबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै जनताका नाममा बम पड्काउन, उदण्डता मच्चाउन नदिइने बताए । प्रतिबन्ध फिर्ता गर्नुपर्ने विपक्षी दललगायतको सुझाबप्रति संकेत गर्दै उनले भने, ‘कतिपयले फिर्ता लिनुपर्छ भनिरहेका छन् । बम पड्काउन पाइन्न पनि भन्ने फिर्ता लिने ? यो हुँदैन ।’ विप्लव समूहले हतियार नबुझाए सरकारले नियन्त्रण गर्ने उनको भनाइ थियो ।

केही महिनाअघि नख्खुमा रहेको एनसेलको टावर विस्फोटको जिम्मा विप्लव समूहले लिएपछि सरकारले सो समूहमाथि २८ फागुनमा प्रतिबन्ध लगाएको थियो ।

तपाईको प्रतिक्रिया