Deneme Bonusu Veren Siteler
बुधबार, माघ १६, २०८१
Wednesday, January 29, 2025

काठमाडौँ – सामाजिक सञ्जाल गुगल प्लस बन्द भएको छ । संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्ड गुगलको असफल सामाजिक सञ्जाल गुगल प्लस मंगलबार बिहानदेखि बन्द गरिएको हो ।

सन् २०११ मा सामाजिक सञ्जाल फेसबुक र ट्विटरलाई चुनौती दिन गुगल प्लस खोलिएको थियो । यो सर्च इञ्जिन गुगलको सामाजिक सञ्जालमा हात हाल्ने चौथो प्रयास थियो । जुन असफल सिद्ध भयो ।

गुगल प्लसलाई भिडिओका लागि चर्चित युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले त्यसमा रुची देखाएनन् । गुगलले सन् २०१८ मा यसका तथ्यांक चोरी भएको सार्वजनिक भएपछि बन्द गर्ने निर्णय गरेको थियो ।

यद्यपि सन् २०११ को अन्त्यतिरै आलोचकहरूले गुगल प्लसको ‘मृत्यु’ भएको घोषणा गरेका थिए । सुरुवाती समयमा आमन्त्रणबाट मात्रै खाता खोल्न सकिने गरि सुरु गरिएको गुगल प्लस वर्षको अन्त्यमा सबैका लागि खुला गरिएको थियो । सामाजिक सञ्जालमा जस्तो लेख्न र तस्बिरहरू सेयर गर्न मिल्ने सुविधा समेत थियो ।

यसमा साथीहरूलाई ‘सर्कल’ का आधारमा समूह विभाजन गर्न सकिने र ‘ह्याङ्गआउट’ बाट च्याट तथा सामूहिक भिडियो कल समेत गर्न सकिने सुविधा थियो ।

सार्वजनिक गरिएको केही हप्तामै यसमा लाखौं प्रयोगकर्ताहरू जोडिएका थिए । तर यसरी जोडिएका थोरै प्रयोगकर्तामात्रै यसमा सक्रिय बने ।

गुगल प्लसमा उपनाम प्रयोग गर्न नपाइने कडा नीति थियो । कसैले आफ्नो नाम प्रयोग नगरेमा जीमेल समेत निलम्बन गरिने प्रावधान थियो ।

असफलतातिर गएपछि गुगलले यसलाई सफल बनाउन सन् २०१३ मा युट्युबसँग जोडेर युट्युबको भिडिओमा प्रतिक्रिया लेख्न गुगल प्लस खाता अनिवार्य बनायो ।

गुगल प्लेस्टोरमा मोबाइल एपहरूमा प्रतिक्रिया व्यक्त गर्न पनि गुगल प्लस खाता अनिवार्य थियो ।

त्यसपछि युट्युबमा गरिएका लाइकहरू गुगल प्लसमा देखिन थालेपछि सक्रिय देखियो । गुगलले गुगल प्लसका प्रयोगकर्ता पचास करोड पुगेको दाबी गरेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया