Deneme Bonusu Veren Siteler
बुधबार, माघ १६, २०८१
Wednesday, January 29, 2025

काठमाडाैं – अमेरिका र बेलायतमा भएका चार ठूला अध्ययनले हरेक दिन पाठ्यक्रमबाट अलग रहेर डिजिटल मिडियामा आधा घन्टा बिताउनाले खुुुसी मिल्ने र मानसिक स्वास्थ्य ठीक रहने निष्कर्ष दिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर, योभन्दा ज्यादा झुम्मिन थाल्दा भने स्थिति बिग्रन्छ । अधिकतर समय अनलाइन रहनुको परिणाम घातक हुन सक्छ । इलेक्ट्रोनिक डिभाइसको अत्यधिक प्रयोग गर्ने मानिस अप्रसन्न र उदास रहन्छन् । अध्ययनहरुले इलेक्ट्रोनिक डिभाइसको अधिक प्रयोग गर्ने मानिसले आत्महत्या गर्ने सम्भावना ज्यादा हुने देखाएका छन् ।

एक अध्ययनमा पाँच घन्टा या त्योभन्दा बढी इलेक्ट्रोनिक डिभाइस चलाउने मानिसले एक घन्टासम्म चलाउनेले भन्दा आत्महत्याको प्रयास दुई गुणा बढी गरेको पाइयो । विशेषगरी किशाेरकिशाेरीमा प्रविधिको प्रयोग र खुसी हुनुबीचको सम्बन्ध ज्यादा रहन्छ । अमेरिकामा सन् २०१७ मा १४ देखि १७ वर्षका किसोरकिसोरीमा डिप्रेसनको दर ६० प्रतिशत बढ्यो । यस उमेरका मानिसमा स्वयंलाई नोक्सान पुर्याउने र आत्महत्या गर्ने विचारका कारण अस्पतालको इमरजेन्सीमा आउनेको संख्या पनि बढ्यो । किशाेरीहरुको आत्महत्याको दर ४० वर्षयताकै उच्च रह्यो ।

यसका कारण त अनेक होलान्, तर ठूलो संख्यामा किशाेरकिशाेरीका दैनिक जीवनमा स्मार्ट फोन र डिजिटल मिडियाले जति प्रभाव अरु कुनै परिवर्तनले पारेको छैन । त्यसैले, इलेक्ट्रोनिक डिभाइसको प्रयोग सकेसम्म कम गर्नुमा नै बुद्धिमानी छ ।

कसरी कम गर्ने ? 
इलेक्ट्रोनिक डिभाइसको अत्यधिक प्रयोगबाट बच्न केही अपनाउन सकिन्छ ।

-राती बेडरुममा फोन या ट्याबलेट सँगै नराख्ने । यदि तपाईं अलार्मका लागि फोनको प्रयोग गर्नुहुन्छ भने त्यसका लागि अलार्म घडी नै किन्नुहोस् ।

-मनोरन्जनका लागि इलेक्ट्रोनिक डिभाइसको प्रायोग गर्ने समय दैनिक दुई घन्टा कम गर्नुहोस् । होमवर्क र अन्य कामका लागि हुने डिभाइसको प्रयोग घटाउनु आवश्यक छैन ।

-सुत्नुभन्दा एक घन्टा अघिदेखि इलेक्ट्रोकि डिभाइसको प्रयोग नगर्नुहोस् । यिनीहरुले मनोवैज्ञानिक प्रभाव छाड्छन् । यस्ता डिभाइसको निलो प्रकाशले निद्रा अस्तव्यस्त हुन्छ । पर्याप्त निद्रा नपर्दा डिप्रेसनको खतरा बढ्छ ।

तपाईको प्रतिक्रिया