काठमाडाैं – भनिन्छ सन्तान भगवानको वरदान हो । तर, जब एक दम्पतिले बच्चा जन्माउँछन् तब अभिभावकलाई पहिलो टाउको दुखाइ भनेकै शिशुको नाम के राख्ने भन्ने हुन्छ ।
अझ अहिले शिशुका लागि नौलो नाम खोज्ने धुनमा धेरै बाबुआमा इन्टरनेटदेखि परामर्शदाताकहाँ सम्म पुग्ने गरेको पनि पाईन्छ । न्युजिल्याण्डका एक अभिभावकलाई भने त्यँहाको सरकारले खिन्न बनादिएको छ । एक अनुमानअनुसार न्युजिल्यान्डमा वार्षिक ६० हजार शिशुको जन्म हुन्छ, जसमा १ प्रतिशतले मात्र सरकारले तोकेको नाम राख्ने गरेका छन् भने ६६ प्रतिशत बालबालिकाको नाम नमिलेका कारण सुधार गर्न पठाइने गरेको छ ।
पछिल्लो पटक अभिभावकहरूले आफ्ना सन्तानलाई अलग देखाउन अश्लील लाग्नेदेखि सामाजिक सद्भाव खलल पार्ने किसिमका नामसमेत राख्न थालेपछि उक्त समस्या समाधान गर्न न्युजिल्यान्ड सरकारले केही नाम राख्नै नपाउने गरी प्रतिबन्ध लगाएको छ ।
जसमा अल्लाह, मिस, प्रिन्स, क्विन, रोयल, इम्पेरर, डुक, सर, किंग, रोयल्टी आदि जस्ता नाम रहेको छ । सन् २०१७ मा पनि न्युजिल्यान्ड सरकारले ४ सय ९४ वटा नामलाई प्रतिबन्धित सूचीमा राखेको थियो ।