काठमाडाैं – भारतको बिहार राज्यस्थित डुमरी छपियामा मदिरा सेवन गरेर बिहे मण्डपमा बेहुला पुगेपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग विवाह गर्ने तय भएको थियो ।
छोरीका बाबुले जनाए अनुसार बिहे मण्डपमै बेहुलाले मदिराको तालमा अभद्र व्यवहार देखाएपछि छोरीले बिहे गर्न अस्वीकार गरिन् । नातेदारहरुका अनुसार, बिहे मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन् । बिहेका अरु संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् ।
त्यही भएर, बेहुलीले मण्डप छाडेर भागेकी थिइन् । दुबै परिवारले बिहेका लागि बेहुलीलाई मनाउने प्रयत्न गरेको भए पनि उनले मानेकी थिइनन् । गाउँलेहरुले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान नदिने भन्दै बन्धक बनाएका थिए ।