काठमाडौँ – भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ। निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ। ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन्। सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिकअर्थ दिन्छ ।
यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ।
१. अनार खाएको देखेमा ***** धन र सन्तानको प्राप्ति ।
२. अलि अलि बादल देखे ***** रोगबाट लाभ।
३. ऊँट देखेमा ***** अपार धन प्राप्ति हुनु।
४. आकाश देखेमा ***** ऐश्वर्य वृध्दि, सन्तान हुनु।
५. आगो उठाएको देखेमा ***** अवैध धन प्राप्ति।
६. आगो बालेर समातेमा ***** कष्ट हुनु, व्यर्थ व्यय हुनु।
७. ओढ्ने कम्बल देखेमा ***** बदनाम हुनु।
८. औंठी लगाएको देखेमा ***** धनलाभ र प्रशन्नता।
९. कलम देखेमा ***** महान व्यक्तिसँग भेट हुनु।
१०. कपाल देखेमा ***** धनलाभ हुनु।
११. कपास देखेमा ***** रोगबाट मुक्त हुनु।
१२. कपाल काटेको देखेमा ***** ऋणबाट मुक्त, स्त्री-पुत्र हुनु।
१३. किला ठोकेको देखेमा ***** बुढो मान्छेबाट लाभ।
१४. कोईला देखेमा ***** व्यर्थमा झगडा हुनु।
१५. कुवामा नुहाएको देखेमा ***** सन्यासी बन्नु।
१६. कुवाको पानी देखेमा ***** विविध लाभ र बिजय।
१७. कैची देखेमा ***** झगडा र विवाद बढ्नु।
१८. घर बनाएको देखेमा ***** प्रसिद्धि प्राप्त गर्नु।
१९. घाम लागेको देखेमा ***** पदोन्नति वा लाभ हुनु ।
२०. घाँसको मैदान देखेमा ***** धेरै धन एकत्र गर्नु
२१. घोडा देखेमा ***** संकट नाश हुनु।
२२. घोडा चढेको देखेमा ***** ठूलो पद पाउनु।
२३. चश्मा लगाएको देखेमा ***** विध्दता बढ्नु।
२४. जंगल देखेमा ***** दु:ख नाश र बिजय।
२५. जहाज देखेमा ***** परिशानी हट्नु र व्यय।
२६. चाँदि देखेमा वा पाएमा ***** धन र अहंकार बृध्दि।
२७. झरना देखेमा ***** दु:ख दुर हुनु।
२८. टोपी देखेमा ***** दु:ख नाश भएर, उन्नति हुनु।
२९. ठूलो पर्खाल देखेमा ***** सम्मान बढ्नु।
३०. डोरी देखेमा ***** यात्रामा कठिनायी र झन्झट हुनु।
३१. ढोका देखेमा ***** ठूलाबडासँग मित्रता हुनु ।
३२. ढोका बन्द देखेमा ***** परेशानी र चिन्ता हुनु।
३३. दलदल देखेमा ***** सन्तान प्राप्ति हुनु।
३४. दाँत भाँचिएको देखेमा ***** दु:ख र झन्झट हुनु।
३५. दाँत माझेको देखेमा ***** पापको प्रायश्चित हुनु ।
३६. धनुष तानेको देखेमा ***** लाभप्रद यात्रा हुनु।
३७. पर्वत चढेको देखेमा ***** पदोन्नति वा प्रसिध्द हुनु।
३८. पत्र पढेको देखेमा ***** शुभ समाचार, परिश्रम।
३९. प्रकाश देखेमा ***** उच्चकोटीको साधु बन्ने।
४०. पानी पिएको देखेमा ***** राज्यबाट लाभ।
४१. फलाम देखेमा ***** कुनै धनवानद्वारा लाभ।
४२. बजार देखेमा ***** दरिद्रताको नाश हुनु।
४३. बलेको दियो देखेमा ***** आयु बृध्दि हुनु।
४४. बहर वा गाई देखेमा ***** मोटो लाभ, दुब्लो दु:ख।
४५. बादल देखेमा ***** विरक्ती र परिशानी बढ्नु।
४६. बिरालो देखेमा ***** चोरी हुनु, शत्रु बढ्नु।
४७. भर्याङ देखेमा ***** सुखसम्पत्ति बढ्नु।
४८. भूकम्प देखेमा ***** सन्तानलाई कष्ट र दु:ख।
४९. मरेको मान्छेसँग कुरा गरेमा ***** मनोकांक्षा पूरा हुनु।
५०. मरेको मान्छेले बोलाएमा ***** विपत्ति आउनु।
५१. मुर्दा देखेमा ***** रोगबाट मुक्ति पाउनु।
५२. रत्न या मणि देखेमा ***** दु:ख बढ्नु, अपव्यय हुनु।
५३. रातो फूल देखेमा ***** पुत्रबाट सुख र भाग्योदय।
५४. रोटी खाएको देखेमा ***** पदोन्नति र घन बढ्नु।
५५. लठ्ठी देखेमा ***** ठूलो नाम हुनु।
५६. वर्षा देखेमा ***** सुख र प्रशन्नता प्राप्त हुनु।
५७. सुकेको बगैचा देखेमा ***** विपत्तिमा फस्नु।
५८. सुख्खा अन्न खाएमा ***** कष्ट र व्यर्थ परिशानी हुनु।
५९. सुगन्ध लगाएको देखेमा ***** विद्वान र पण्डित हुनु।
६०. सुपारी खाएको देखेमा ***** रोगबाट मुक्ति पाउनु।
६१. सुराही देखेमा ***** आवारासँग संगत हुनु।
६२. सेतो पूल देखेमा ***** दु:खबाट छुट्कारा पाउनु।
६३. सिंहासन देखेमा ***** धेरै सुख पाउनु।
६४. हरियो बगैचा देखेमा ***** पदोन्नति र लाभ हुनु।
६५. ओच्छयान लगाएको देखेमा ***** दीर्घायु र सुख वृध्दि।