Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – बिहीबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै शुक्रबार आन्तरिकतर्फको हवाई भाडा पनि घटेको छ । आज बसेको एयरलाइन्स अपरेटर एसोसियशन्स अफ् नेपालको बैठकको निर्णअनुसार आन्तरिकतर्फ पुस २९ गतेदेखि लागू हुनेगरी काठमाडाैंबाट विभिन्न क्षेत्रको हवाई भाडा ९० रुपैयाँदेखि ४४० रुपैयाँसम्म घटेको छ ।

समायोजनपछिको हवाई भाडा यस्तो छ

माउण्टेन फ्लाइट   ११,३०० रुपैयाँ
काठमाण्डौ–पोखरा   ५०५० रुपैयाँ
काठमाण्डौ–भरतपुर   ३६५० रुपैयाँ
काठमाण्डौ–विराटनगर  ७५५० रुपैयाँ
काठमाण्डौ–जनकपुर  ४३०० रुपैयाँ
काठमाण्डौ–सिमरा    ३१२० रुपैयाँ
काठमाण्डौ–भैरहवा    ६२०० रुपैयाँ
काठमाण्डौ–धनगढी   १२,६५० रुपैयाँ
काठमाण्डौ–नेपालगञ्ज    १०,००० रुपैयाँ
काठमाण्डौ–भद्रपुर    ९१०० रुपैयाँ
काठमाण्डौ–तुम्लिङटार   ६,००० रुपैयाँ

निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको थियो। साविकको बिक्री मूल्य १०४रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरिएको थियो ।

तपाईको प्रतिक्रिया