Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – कालो मरिच औषधीय गुणयुक्त एक मसला हो । यो भान्सामा सजिलै उपलब्ध हुन्छ । विशेषगरी, यसलाई खानेकुरा स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । पिरो स्वादमा हुने कालो मरिच खानेकुरासँगै चियामा समेत हालिन्छ ।

कालो मरिच स्वादका लागि मात्र नभएर घरेलु औषधिका रूपमा समेत प्रयोगमा आउँछ । पेट, छाला र हाडसँग जोडिएका समस्यामा यो धेरै प्रभावकारी मानिन्छ । मरिचमा म्यागेजिन, भिटामिन के, फलाम, क्याल्सियम, फाइबर र क्रोमियम प्रचुर मात्रामा पाइन्छ । तसर्थ, दैनिक खाना बनाउँदा मरिच पनि थोरै हाल्न आवश्यक छ ।

औषधीय गुण
– कालो मरिचमा कीटाणुनाशक गुण हुने भएकाले यसको सेवनले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यो बेसारसँग मिसाएर नियमित खाँदा क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।
– कालो मरिचले पाचन शक्तिलाई बलियो बनाउनुका साथै पेट सफा गर्छ । नियमित यसको सेवन गरे ग्यास्ट्रिक हुँदैन ।
– जिरा र चिनीसँग कालो
-मरिच मिसाएर दैनिक दुई चम्चा सेवन गर्दा पाइल्सबाट राहत पाउन सकिन्छ ।
– बढ्दो उमेरका कारण हुने अर्थाराइटिस रोगीका लागि कालो मरिच फलदायी हुन्छ । तताएको तिलको तेलसँग यसको धुलो मिसाएर हातखुट्टामा लगाएमा आराम मिल्छ ।
– उच्च रक्तचापका बिरामीले तातो पानीमा कालो मरिचको धुलो मिसाएर खाएमा रोग नियन्त्रण गर्न सहयोग पुग्छ ।
– तातो पानीमा कालो मरिचको धुलो र कागती हालेर पिउँदा एसिडिटीबाट छुटकारा पाउन सकिन्छ ।
– कालो मरिचको धुलो नियमित सेवन गर्दा रुघाखोकी निको हुन्छ । साथै, धुवाँ–धुलोका कारण छातीमा हुने समस्या, फ्लु, भाइरलको संक्रमणबाट जोगिनसमेत सकिन्छ ।
– कालो मरिचले रक्तसञ्चार नियमित गर्नुका साथै छालामा अक्सिजनको मात्रा बढाउँछ । तसर्थ, यसको सेवन गरे छालामा
समस्या आउँदैन ।
– कालो मरिचको धुलो ठीक मात्रामा दैनिक सेवन गरेमा मांसपेशीजन्य रोग लाग्दैन । शरीरमा स्फूर्ति बढाउनुका साथै मस्तिष्क सक्रिय बनाउन मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया