Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – पाल्पाको रिब्दिकोट गाउँपालिका-२ का स्थायी बासिन्दा निश्चल भनिने ३४ वर्षीय गणेश ढकाललाई प्रहरीले बैंकिङ कसूर मुद्दामा पक्राउ गरेको छ ।

पुतलिसडकस्थित ‘गेट्स’नामको कन्सल्टेन्सी चलाउँदै आएका ढकालले क्यानडा पठाइदिने भन्दै २५ जना भन्दा बढी मानिससँग करोड भन्दा बढी रकम लिएर फरार भएपछि पीडितको उजुरीको आधारमा प्रहरीले आज पक्राउ गरेको हो ।

सूर्यविनायक बस्ने आभाष खनाललाई बैंक मौज्दात नरहेको ७ लाख रुपैयाँको चेक दिएपछि उनीविरुद्ध उजुरी परेको थियो । प्रहरीका अनुसार उनी पुतलीसडकको आफ्नो कन्सल्टेन्सी नै बन्द गरेर फरार थिए ।

ढकालले क्यानडा पठाउने भन्दै विभिन्न व्यक्तिबाट १ करोड ५० लाखको हाराहारीमा रकम अशुलेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । ढकाललाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धान गरिरहेकाे बताएकाे छ ।

तपाईको प्रतिक्रिया