मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडाैं – जापानको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बन्न सफल भएको छ । विगत १४ वर्षदेखि विश्वभरका देशको पासपोर्टको -याङ्किङ गर्दै आएको संस्था ‘हेनेली पासपोर्ट इन्डेक्स’ले आज प्रकाशन गरेको सूची अनुसार जापानको पासपोर्ट विश्वकै शक्तिशाली बन्न सफल भएको हो ।

अघिल्लो वर्षपनि जापान नै १ नम्बरमा रहेको थियो । कुनै देशको पासपोर्ट कति शक्तिशाली छ भनेर मापन गर्न उक्त देशका नागरिक वा पासपोर्टधारीले कति देशमा सहज आवतजावत अनुमति पाउँछन् भन्ने कुरालाई आधार मान्ने गरिन्छ । कुन देशका नागरिकले कति देशमा अन अराइभल भिसा वा भिसा फ्रि इन्ट्री पाउँछन् भन्ने तथ्याङ्कलाई विश्लेषण गरेर सूची प्रकाशन गरेको हेनेलीले जनाएको छ ।

हेनेली पासपोर्ट इन्डेक्स’का अनुसार जापानको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली भएको छ भने जापानी नागरिकले १९० देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्न सक्छन् । यस्तै रहेका सिंगापुर र दक्षिण कोरियाको एसेस अंक १८९ रहेको छ । सिंगापुर र दक्षिण कोरियाका पासपोर्टधारीले १८९ देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्छन् ।

त्यस्तै फ्रान्स र जर्मनी तेस्रो, डेनमार्क इटाली, फिनल्याण्ड र स्विडेन चौथो स्थानमा रहेका छन् । पाचौ स्थानमा लक्जम्बर्ग र स्पेन रहेका छन् भने छैठौ स्थानमा अस्ट्रिया, नेदरल्याण्डस, नर्वे, पोर्चुगल, स्विटजरल्याण्ड, ईङल्याण्ड र अमेरिका रहेका छन् ।  सो सुचीको सातौ स्थानमा बेल्जियम, क्यानाडा, ग्रिस र आयरल्याण्ड रहेका छन् । त्यसैगरी चेक रिपब्लिक आठौ, माल्टा नवौ तथा अस्ट्रेलिया, आइसल्याण्ड र न्युजील्याण्ड दशौ स्थानमा रहेका छन् ।

नेपालको पासपोर्ट कति शक्तिशाली ?
उक्त इन्डेक्सअन्तर्गत विश्वका पासपोर्टहरुमध्ये नेपाली पासपोर्ट ९८औँ स्थानमा रहेको छ । नेपाल सन् २०१८ मा १०१ स्थानमा रहेको थियो भने अहिले ३ स्थान सुधार गर्दै ९८औ स्थानमा आएको हो ।

छिमेकी मुलक भारतको पासपोर्ट ७९औ स्थानमा रहेको छ भने चीनको पासपोर्ट ६९औ स्थानमा रहेको छ । त्यस्तै श्रीलंकाको पासपोर्ट ९५औ स्थानमा छ भने बंगलादेशको पासपोर्ट ९७औ स्थानमा रहेको छ । पाकिस्तानको १०२ स्थानमा, भुटा को ८३औ स्थानमा छ भने माल्दिभ्सको ५९औ स्थानमा रहेको छ ।

हेनेलीले हरेक तीन महिनामा जम्मा भिसा फ्रि स्कोरका आधारमा पासपोर्टको प्रभाविकारिताको मूल्यांकन गरेर पासपोर्टको वरियता सार्वजनिक गर्ने गर्दछ ।

तपाईको प्रतिक्रिया