Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – कोलेस्ट्रोल शरीरका प्रत्येक कोषमा पाइने नरम चिल्लो पदार्थ हो । खासगरी, रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ । कलेजोबाट उत्पादन हुने कोलेस्ट्रोल स्वस्थ जीवनका लागि आवश्यक छ । तर, कतिपय अवस्थामा यो आवश्यकताभन्दा बढी हुन्छ । यस्तो भएमा यसले शरीरमा नकारात्मक असर गर्छ ।

-जाडोयाममा घाम कम लाग्छ । अनि, घाम पनि कम तापिन्छ । यस्तो हुँदा शरीरमा भिटामिन डीको कमी भई कालेस्ट्रोलको मात्रा बढ्छ ।
तसर्थ, सकेसम्म दिनमा एकपटक घाममा बस्नुपर्छ ।
-नियमित व्यायाम वा अन्य शारीरिक अभ्यास गरेर कोलेस्ट्रोलको मात्रा घटाउन सकिन्छ । र, कलेजोको समस्याबाट समेत छुटकारा
पाउन सकिन्छ ।
-चिल्लो, भुटेको, तारेका खानेकुरा सकभर खानुहुँदैन । त्यस्तै, फास्टफुड पनि कम खानुपर्छ । किनकि, यस्ता खाद्यपदार्थले शरीरमा अत्यधिक कालेस्ट्रोल उत्पादन गर्छन् ।
सकेसम्म शाकाहारी भोजन गर्नु उचित हुन्छ । ताजा तरकारी र मौसमी फलफूलको सेवन बढी गर्न आवश्यक छ । स्याचुरेटेड फ्याट बढी मात्रामा पाइने माछा, मासु, अन्डाको भित्री भाग कम खानुपर्छ ।
-धूम्रपान र मद्यपानजस्ता कुलतबाट सधैँ टाढा रहनुपर्छ ।

तपाईको प्रतिक्रिया