Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं –  सरकारले आफुसँग गरेको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले बहुमतका आधारमा प्रतिवेदन पारित गरेपछि सत्याग्रही प्रा. डा गोविन्द केसीसँग फेरी आन्दोलित हुने हुनुभएको छ ।

उहाँले आज बिहान ९ बजेपछि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन मार्फत् फेरी आन्दोलीत हुन लागेको जानकारी दिनुहुने भएको हो ।
डा केसीसंग शिक्षा तथा स्वास्थ्य समिति संयोजक जयपुरी घर्तीले सहमतिका लागि समय मागेपछि पुस २५ गतेसम्म आमरण अनसन नबस्ने भन्दै डा केसी इलामबाट काठमडौं फर्कनु भएको थियो ।

उपसमितिले डा केसीसँगको सहमति विपरीत उपत्यका बाहिरको सन्दर्भमा आयोगले चाहेमा अहिलेकै विश्वविद्यालयबाटै सम्बन्धन दिन सक्ने बाटो खोल्दै हिजो बहुमतका आधारमा प्रतिवेदन पारित गरेको हो ।

उपसमितिको बैठकमा नेपाली कांग्रेसका तर्फबाट सांसद गगनकुमार थापाले बारम्बार डा केसीसँगको सहमति र सत्तापक्षी नेकपा सचेतक देव गुरुङले विधेयकमा हालेको संशोधनकै आधारमा प्रतिवेदन दिन आग्रह गरेपनि सत्तापक्ष मत विभाजनमा गएको थियो ।

पारित प्रतिवेदन बैठकमा उपस्थित सबै सदस्यलाई नबाँढी संयोजक भैरवबहादुर सिंहले मत विभाजनमा लगेर पारित भएको घोषणा गर्नु भएको थियो । सो क्रममा थापाले आपत्ति जनाएपछि समिति सचिवले थापाले राखेको फरक मतलाई समेत प्रतिवेदनमा फरक मतकै रुपमा पूर्ण समितिमा पठाइने जानकारी गराएका थिए ।

त्यसैगरी सिटिइभिटीको सन्दर्भमा पिसिएल मुनिका कार्यक्रमलाई समेत आयोगको कार्यक्षेत्रभित्र राख्ने र पाँच वर्षभित्र फेजआउट गर्ने विषयमा पनि सहमितिअनुसार नगरी स्तरोन्नति वा फेजआउटको विकल्प दिइएको छ ।

उपसमितिले पारित गरेको प्रतिवेदन आज शिक्षा तथा स्वास्थ्य समितिमा पेश गरिने भएको छ । विहान १२ बजेपछि बस्नेगरी बोलाइएको बैठकमा प्रतिवेदन पेश भएपछि अर्को बैठकपछि मात्रै प्रतिवेदन माथी छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया