Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

बागलुङ – तरकारीको बीउ बेचेर यहाँका एक किसानले मनग्य आम्दानी गर्दै आउनुभएको छ । बागलुङ नगरपालिका-८ सिगानाका टोपबहादुर खड्काले वर्षेनी लाखौँ रुपैयाँको काउली र काँक्राको बीउ उत्पादन गर्नुहुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

“गत वर्ष १५० किलो काउलीको बीउ उत्पादन गरेर दश लाखमा बेचेँ”, उहाँले भन्नुभयो, “अझै ३० किलो जति बाँकी छ ।” काउलीको बीउ प्रतिकिलो आठदेखि दश हजारसम्ममा बिक्री हुन्छ । खड्काले स्थानीय जातको ‘ज्यापू’ काउलीको बीउ उत्पादन र बिक्री गर्दै आउनुभएको छ । काउलीपछि उहाँकोमा धेरै उत्पादन हुने काँक्राको बीउ हो । यही वर्ष ४० किलो काँक्राको बीउ बेचेको उहाँले बताउनुभयो ।

प्रतिकिलो पाँच हजारसम्ममा काँक्राको बीउ बिक्री हुन्छ । “काँक्रामा भक्तपुर लोकलको बीउ उत्पादन गर्छु” खड्काले भन्नुभयो, “यसको उत्पादन राम्रो छ, माग पनि बढी छ ।” खड्काले उत्पादन गरेको काउलीको बीउ काठमाडौँ, चितवनलगायत तराईका जिल्लामा पुग्छ । काँक्राको बीउका लागि पनि बाहिरका ठूला व्यापारीबाट माग आउँछ । बागलुङकै अन्य ठाउँ र छिमेकी जिल्लाका किसानले समेत उहाँसँग बीउ किन्ने गर्छन् । “ठूला व्यापारीसँग कारोवार हुन्छ” खड्काले भन्नुभयो, “उनीहरुले प्याकेजिङ गरेर बजार पठाउँछन् ।”

उहाँले बेच्ने ज्यापू काउली र भक्तपुर काँक्राले ७० देखि १०० दिनमा उत्पादन दिन्छ । बीउको बजारीकरणमा सरकारले सघाउनुपर्ने खड्काको माग छ । “बजारको सुनिश्चितता हुनसके बीउमा राम्रो आम्दानी छ”, उहाँले भन्नुभयो । छिटो र धेरै फल्ने नाममा गुणस्तरहीन बीउलाई निरुत्साहित गर्दै स्थानीय जातको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिदैं खड्काले केही वर्ष अघिसम्म प्याज, मूला, गाँजर, गोलभेँडालगायत अन्य तरकारी बालीको बीउसमेत उत्पादन गर्दै आएको बताउनुभयो ।

पछिल्लो समय काउली र काँक्राको बीउ उत्पादनमा मात्र उहाँ केन्द्रित हुनुभएको छ । “बीउ उत्पादन विसं २०४६ देखि शुरु गरेको हुँ” खड्काले भन्नुभयो, “पछि उत्पादन बढाउँदै लगेँ ।” कास्कीको लुम्लेमा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रबाट उहाँले शुरुमा बीउ उत्पादनको सीप सिक्नुभएको हो ।

बीउ उत्पादनका लागि तत्कालीन कृषि विकास कार्यालय बागलुङबाट पनि उहाँले विभिन्न तालिम, प्रविधि र अनुदान पाउनुभएको थियो । ६० वर्षीय खड्काले बीउसँगै ताजा तरकारी पनि उत्पादन गर्दै आउनुभएको छ । जिल्लामै सफल र अगुवा किसानको रुपमा परिचित उहाँ पाँच रोपनी क्षेत्रफलमा सुन्तलाखेती पनि गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया