Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – भारतको जयनगरदेखि नेपालको धनुषास्थित कुर्थासम्म रेल सञ्चालनका लागि सरकारले शुरूमा रेलका इन्जिन र डिब्बासहितका दुईवटा सेट खरिद गर्ने भएको छ ।

रेल विभागका अनुसार एउटा सेटमा पाँचवटा डिब्बा र दुईवटा इञ्जिन हुनेछन् । भारतीय सरकारमार्फत खरिद गरिने रेलका सेटको मूल्यबारे छलफल भइरहेको विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा हाल जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माण भइरहेको छ ।बीबीसीका अनुसार भारतको जयनगरदेखि नेपालको धनुषा जिल्लाको कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको हो । आगामी दुईदेखि तीन हप्ताभित्र भारतीय पक्षले रेल गुडाउन तयार रहे वा नरहेकोबारे परीक्षण गर्नेछ, जसमा नेपालसहितको संयुक्त टोली संलग्न हुनेछ ।

तत्काल रेलका दुईवटा सेट खरिद गर्ने निचोडमा पुगेको रेल विभागले त्यसका विशेषता र मूल्य लगायतका विषयमा भारतसँग छलफल गरिरहेको छ । ‘हामीले ट्रेनको दुइटा सेट किन्ने हो, एउटा सेटको अनुमानित ५० करोड रुपैयाँ पर्नेछ,’ महानिर्देशक मिश्रले भन्नुभयो, ‘एकदेखि डेढ घण्टाको यात्रा भएकोले राति सुत्न मिल्ने, एसी हुने लगायत धेरै सुविधासम्पन्न ट्रेन चाहिँदैन कि भन्नेबारे छलफल पनि गरिरहेका छौँ ।’धेरै सुविधा नचाहिने भएपछि खरिद गरिने रेलका सेटको मूल्य केही थपघट हुन सक्ने अधिकारीहरूले बताएका छन् । रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारका अनुसार नेपालले अहिले खरिद गर्न लागेको डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट ट्रेन हो ।

‘छोटो दूरीका लागि यो एकदम उपयुक्त रेल हो,’ चित्रकारले भन्नुभयो, ‘त्यसमा डिजेल इन्जिनबाट बिजुली उत्पन्न हुन्छ र त्यसबाट रेलमा हुने ट्र्याक्सन मोटर चल्छ । यसले प्रतिघण्टा एक सय ६० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ ।’ रेल विभागका महानिर्देशक मिश्रका अनुसार खरिद सम्झौता गरिएको ९० दिनभित्र भारतीय पक्षले रेलका सेट उपलब्ध गराउने गरी छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया