Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – कालिकोटका आगलागी पीडितलाई प्रदेश सरकारले प्रतिपरिवारलाई पाँच लाख रुपैयाँ दिने भएको छ । मन्त्रीपरिषद बैठकले आगलागी पीडितहरुलाई पुनस्र्थापनाका लागि कर्णाली प्रदेश सरकारले प्रतिपरिवार पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

जसअन्तरगत प्रदेश सरकारले आगलागी पीडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोग र प्रति घरपरिवार नगद पाँच लाख आर्थिक सहयोग गर्ने भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले बताउनुभयाे । आगलागी भएकै बस्तीमा आगलागी पीडितहरुलाई पुनस्र्थापना गरिने योजना प्रदेश सरकारले बनाएको छ । कालिकोटको खाडा पुस ८ गते राती २ वजे भएको आगजनीबाट ८७ घरपरिवार विस्थापीत भएका छन् ।

बैठकले प्रदेश सरकार मातहतका जिल्ला अस्पताल र आयुर्वेद औषधालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यहरु मनोनयन गरेको छ । जिल्ला अस्पताल सल्यानको अध्यक्षमा दामोदर गौतम, मुगुमा पारसमणी मल्ल, डोल्पामा तेजेन्द्रबहादुर रोकाया, हुम्लामा छेपाल दोर्जे लामा तामाङ, कालिकोटमा सरोज बोगटीलाई अध्यक्षमा मनोनयन गरिएको प्रवक्ता केसीले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया