Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

-गर्भवती आमाको पाठेघरमा सामान्यतया दुई लिटरसम्म पानी हुन अनिवार्य मानिन्छ । आमाको पाठेघरमा पानीको अत्यधिक कमी भएको अवस्थामा शिशु छोटो समयमा जन्मिने सम्भावना हुन्छ ।
-गर्भवती आमामा मधुमेह, प्रेसर, पाठेघरलगायतका समस्या भएको अवस्थामा पनि चाँडै बच्चा जन्मने दुर्घटना निम्तिन सक्छ ।
-गर्भवती आमालाई प्रशस्त मात्रामा पोषिलो खानेकुरा र सन्तुलित डाइटको आवश्यकता हुन्छ । पौष्टिक आहारको प्रयोग नगर्दा पनि प्रि–डेलिभरीको सम्भावना रहन्छ ।
-शिशुभन्दा साल तल भएको अवस्थामा पनि आमा र बच्चामा विभिन्न समस्या देखिन सक्छ । त्यसको एउटा जोखिम भनेको प्रि–डेलिभरी पनि हो ।
-आमाको गर्भमै रहँदा शिशुमा विभिन्न रोगले आक्रमण गरेमा पनि यस्तो समस्या हुन्छ । कतिपय शिशु गर्भमै रहँदा मुटु, मिर्गौलासम्बन्धी समस्या देखिने गर्छ । यस्तो अवस्थामा समयअगावै बच्चा जन्मने समस्या हुन्छ ।

तपाईको प्रतिक्रिया