काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रवार एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ २७ पैसा तोकेको छ ।
यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ८७ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ ०४ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ७३ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१रुपैयाँ ७९ पैसा र बिक्रिदर १४२ रुपैयाँ ५५ पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १३ पैसा भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रिदर ३१ रुपैयाँ रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६९ रुपैयाँ ५५ पैसा र बिक्रिदर ३७१ रुपैयाँ ५२ पैसा रहेको छ ।